नेपालगन्जमा २ वर्षिया बालिकालाई कोरोना


नेपालगन्जमा २ वर्षिया बालिकालाई कोरोना

नेपालगन्ज ९ वैशाख : नेपालगन्जमा २ वर्षिया बालिकालाई कोरोना संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ निवासी नविन गिरीकी २ वर्षिया छोरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रेडियो सद्भावका स्टेसन म्यानेजर समेत रहेका गिरीकी कान्छि छोरीलाई कोरोना पुष्टि भएको हो ।

अस्वस्थ्य भएपछि गिरी र उनका माइलो भाइले ५ गते आईतबार भेरी अस्पताल नेपालगन्जको ल्याबमा नमुना जाँच गराएका थिए । ६ गते सोमबार आएको ल्याब रिर्पोटमा गिरी र उनका माइलो भाई कोरोना पोजेटिभ पाइए । कोरोना पोजेटिभ पाइएका गिरी र उनका भाइ घरमै आइसोलेसनमा बसे । सोही दिन गिरीकी भाइ बुहारीले कोरोना आशंकामा नमुना जाँच गराईन ७ गते मंगलबार आएको रिर्पोटमा उनमा कोरोना संक्रमण पाइएयो ।

Kanti Aarogya Hospital Nepalgunj

यसबीच ज्वोरो सहित बोली बन्द भएकी गिरीकी २ वर्षिया छोरी, १२ वर्षिया जेठि छोरी, आमा र श्रीमतीले ७ गते मङ्गलबार कोरोना आशंकामा भेरी अस्पतालमा नमुना जाँच गराए । ८ गते बुधबार आएको ल्याब रिर्पोटमा २ र १२ वर्षिया छोरी, आमा र श्रीमतीमा कोरोना संक्रमण पुष्टि भयो ।

कोरोना संक्रमित गिरी परिवार यतिबेला होम आइसोलेसनमा बसेका छन् । सेतोखरीसंग कुरा गर्दै रेडियो सद्भाका स्टेसन म्यानेजर गिरीले भने –‘कस्तो बिडम्बना भयो, मसहित परिवारका सबै सदस्य कोरोना पोजेटिभ भए । यतिबेला हामी सबैजना होम आइसोलेसनमा रहेकाछौं ।’ गिरीले भने–‘मेरो कान्छो भाइ खजुरामै बस्ने भएकाले उनी संक्रमित हुन सकेनन् । होम आइसोलेसनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकोछ । यद्यपी रुघाखोकी लागेकोछ ।’

होम आइसोलेसनमा बसेका गिरीले सेतोखरीसंग टेलिफोन सम्पर्कमा भने–‘कोरोना भाइरस संक्रमण जोसुकैलाई जतिबेला पनि हुनसक्छ । यस्तो जोखिममा स्वास्थ्यसम्बन्धि मापदण्ड पूर्ण पालना गरि सुरक्षित बसौं ।’ उनले थपे–‘पुरैपरिवार संक्रमित हुँदा परेको असर बयान गर्न सक्दिन । कोरोना संक्रमणबाट बच्न सचेत र सजग भएनौं भने ठूलो मूल्य चुकाउनुपर्छ ।’