बाँकेका कोरोना संक्रमितलाई बेड अभाव

सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन निर्माण गर्न माग


बाँकेका कोरोना संक्रमितलाई बेड अभाव

भेरी अस्पतालको कोभिड वार्ड ।

नेपालगन्ज ९ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना संक्रमणले यतिबेला बाँकेमा संक्रमितलाई कहाँ राख्ने भन्ने कुराले पिरोलिरहेकोछ ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यतिबेला बाँकेमा कोरोना संक्रमित उपचार गर्ने अस्पतालमा संक्रमितलाई कहा राखेर उपचार गर्ने भन्ने कुराले तनाव सिर्जना भएको हो ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मात्र कोरोनाका विरामीलाई उपचार गरिन्छ । यी दुई अस्पतालमा संक्रमितले अस्पतालको बेड भरिभराउ भएपछि यस्तो समस्या आएको हो ।

केन्द्रका अनुसार बिहीबार विहानसम्मको तथ्यांकले बाँकेमा २३१८ महिला र ३८३६ पुरुष गरि ६१५४ पोजेटिभ पाइएकोछ । पछिल्लो २४ घण्टामा ६०७ नमुना परीक्षण गर्दा कुल १३४ महिला र २०३ पुरुष गरि जम्मा ३३७ पोजेटिभ पाइएको छ । यसमा बाहिरी जिल्लाको २३ महिला र ५६ पुरुष गरि ७९ जना रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार दिनहुँ कोरोना संक्रमितको संख्या उकालो लागिरहेकोछ । यस्तोमा दुवै अस्पतालमा संक्रमितलाई राखेर उपचार गर्ने बेड अभाव भएको छ ।

उनले भने संक्रमित संख्या तिव्रगतिमा फैलिरहेको बेड अभावमा संक्रमितलाई उपचार गराउन हम्मेहम्मे भएकोछ । तत्तकाल प्रयाप्त मात्रामा बेडको उपलब्धता भएन भने झन जोखिम बढ्नेछ ।

फोकल पर्शन ओलीका अनुसार विहीबार मात्रै बाँकेबाट १३ महिला ३४ पुरुष गरि ४७ जना डिस्चार्ज भएकाछन् । योसहित हालसम्म कुल १७२८ महिला र ३०९३ जना गरि कुल ४८२१ जना डिस्चार्ज भएको उनलेबताए ।

फोकल पर्शन ओलीका अनुसार भेरी अस्पतालको कोभिड वार्डको जनरल वार्डमा ९५ जना, आइसीयुमा ४० जना र भेन्टिलेटरमा ७ जना उपचाररत रहेकाछन् ।

सेतोखरीसंग कुरा गर्दै उनले भने–‘पालिका तहमै प्रयाप्तमात्रामा अक्सिजनसहितको बेड व्यवस्थापन गरि आइसोलेसन निर्माण गरिनुपर्छ । कोरोना संक्रमितको उपचार भेरी र मेडिकल कलेजको क्षमताले धान्न नसक्ने अवस्थातर्फ उन्मुख भइरहेकोछ ।’

उनका अनुसार हालसम्म बाँकेमा ५१ महिला र ११४ पुरुष गरि जम्मा १६५ जनाको मृत्यु भएको छ । यसमा बाँकेको २६ महिला र ४१ पुरुष गरि ६७ जना तथा बाँके बाहिका २५ महिला र ७३ पुरुष गरि ९८ जनाको मृत्यु भइसकेकोछ ।