यस्तो छ आइसोलेसनमा रहेका संक्रमित विरामीको विवरण
नेपालगन्ज ९ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बिहीबार दिउँसो सम्म बाँकेमा आइसोलेसन बस्ने संख्या एक हजार ४ सय २ रहेकोछ ।
केन्द्रका अनुसार महिला ६१३ र पुरुष ७८९ गरि जम्मा एक हजार ४ सय २ जना आइसोलेसनमा रहेकाछन् । यसरी आइसोलेसनमा रहनेहरुमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका गरि जम्मा ५८ जना सिकिस्त रहेका छन् । भने एक सय ६३ जना मध्यम अवस्थामा रहेकाछन् ।
बाँकेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसन संक्रमित रहेकाछन् ।
केन्द्रको तथ्यांकलाई हेर्दा भेरी अस्पतालमा ६३ महिला ७६ पुरुष गरि १३९ जना रहेका छन् । जसमा ३८ जना सिकिस्त र १०१ जनाको स्वास्थ्य अवस्था मध्यम रहेकोछ ।
यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २८ महिला र ३७ पुरुष गरि ६५ जना रहेकाछन् । जसमा २० जना विरामी सिकिस्त र ४५ जनाको अवस्था मध्यम रहेको छ ।
होटल ह्वाईट हाउस मनिकापुरमा २ महिला र १० पुरुष गरि १२ जना रहँदा सबै संक्रमितको अवस्था सामान्य रहेकोछ । त्यसैगरि कोहलपुर नगरपालिका कोभिड अस्पतालमा ५ जना पुरुष रहेको उनीहरुको अवस्था सामान्य रहेको छ ।
केन्द्रका अनुसार बाँकेमा होम आइसोलेसनमा रहेनेको संख्या अत्यधिक रहेकोछ । केन्द्रका अनुसार ५२० जना महिला र ६६१ जना पुरुष गरि एक हजार एक सय ८१ जना होम आइसोलेसनमा रहेकाछन् ।
यस्तै विहीबार दिँउँसोसम्म बाहिरी जिल्लाका बाँकेमा उपचाररत ७२ जना संक्रमित रहेकाछन् । ६७ जना बाँकेका र ९८ जना बाँकेबाहिरका गरि कुल १६५ जना संक्रमितको मृत्यु भइसकेकोछ ।