नेपालगन्ज ९ वैशाख : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ ।
गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९५.६ प्रतिशत छ ।