विभागले दियो रेमडिसिभिर औषधि ल्याउन अनुमति


विभागले दियो रेमडिसिभिर औषधि ल्याउन अनुमति

नेपालगन्ज १० वैशाख : औषधि व्यवस्था विभागले कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ ।

बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो । विभागले अनुमति दिएसंगै आगामी एक साताभित्र यी औषधि नेपाल भित्रनेछ ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतमा रेमडिसिभिर औषधिमा प्रतिबन्ध लगाएको छ । नेपालमा यो औषधि अभाव हुन नदिन बंगलादेशबाट निर्यातका लागि अनुमति दिइएको हो ।

बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल औषधि आउन लागेको विभागले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यी औषधि निर्यातका लागि हाम्रो मेडी कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई अनुमति दिइएको विभागले जनाएकोछ ।