नेपालगन्ज १० वैशाख : औषधि व्यवस्था विभागले कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ ।
बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो । विभागले अनुमति दिएसंगै आगामी एक साताभित्र यी औषधि नेपाल भित्रनेछ ।
कोरोना संक्रमण बढ्दै गएपछि भारतमा रेमडिसिभिर औषधिमा प्रतिबन्ध लगाएको छ । नेपालमा यो औषधि अभाव हुन नदिन बंगलादेशबाट निर्यातका लागि अनुमति दिइएको हो ।
बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल औषधि आउन लागेको विभागले जनाएको छ ।
यी औषधि निर्यातका लागि हाम्रो मेडी कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई अनुमति दिइएको विभागले जनाएकोछ ।
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’