नेपालगन्ज ११ वैशाख : भेरी अस्पताल नेपालगन्जमा उपचारत कोरोना संक्रमित एक महिलाको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ वर्षिया महिलाको मृत्यु भएको हो ।
गत चैत ३१ गते बागेश्वरी ल्याबमा पीसिआर जाँच गराएकी ती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि वैशाख ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
भेरीको कोभिड वार्डमा उपचाररत ती महिलाको उपचारकै क्रममा आज शनिबार विहान ८ः४५ बजे मृतयु भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमणका कारण ७७ जनाको मृत्यु भएकोछ । भने बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?