कोरोना विरुद्धको दुबै डोज लगाएका चिकित्सकमा कोरोना पुष्टि


कोरोना विरुद्धको दुबै डोज लगाएका चिकित्सकमा कोरोना पुष्टि

नेपालगन्ज ११ वैशाख : कोरोना खोप विरुद्धको दुवै खोप डोज लगाएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

ग्राण्डी अस्पतालका चिकित्सक डाक्टर विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् ।

डाक्टर नेपालले दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

डाक्टर नेपालले कोभिड– १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने स्पष्ट भएको स्वास्थ्यकर्मी बताउँछन् । -रातोपाटीबाट