नेपालगन्ज ११ वैशाख : कोरोना खोप विरुद्धको दुवै खोप डोज लगाएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
ग्राण्डी अस्पतालका चिकित्सक डाक्टर विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् ।
डाक्टर नेपालले दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
डाक्टर नेपालले कोभिड– १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।
दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने स्पष्ट भएको स्वास्थ्यकर्मी बताउँछन् । -रातोपाटीबाट
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ