नेपालगन्ज ११ वैशाख : पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ४८६ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ । संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् । हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । समुदायस्तरमा फैलिएको संक्रमण रोक्न सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?