नेपालगन्जको लकडाउन बढाइने
नेपालगन्ज ११ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिका एक साताका लागि लकडाउन गरिएकोछ । नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
यो निर्णयसगैं बाँकेको कोहललपुर नगरपालिका भाली आईतबार राती १२ बजेदेखि वैशाख १९ गतेसम्मका लागि लकडाउन गरिएकोछ ।
लकडाउनको अवधिमा कोहलपुर नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक कुनैपनि कार्य गर्न पाइनेछैन । यता नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पनि कोरोना संक्रमण दर बढ्दै गएपछि वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि लकडाउन गरिएकोछ ।
कोहलपुर क्षेत्रमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि कोरोना संक्रमणको चेन तोड्नको लागि लडाउन गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।
उनका अनुसार संक्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइनेछ । शनिबारसम्मको तथ्यांक अनुसार कोहलपुरमा २ सय ६१ जना कोरोना संक्रमित भएका छन् । ती मध्ये १ सय ५४ जना पुरुष र १ सय ७ जना महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
अहिले कोहलपुरमा ९ जना संक्रमित कोभिड अस्पतालमा उपचारत छन् । अन्य संक्रमित भने होम आइसोलेसनमा रहेको कोरोना फोकस पर्सन गेहराज खनालले बताए ।
उनका अनुसार पछिल्लो एकसातामा कोहलपुरमा कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच नेपालगन्जमा जारी लकडाउनको समयअवधि बढाइने भएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेको स्रोत अनुसार तिव्ररुपमा फैलिदै गएको कोरोना संक्रमितको संख्या र मृतकको अवस्थालाई मध्यनजर गर्दै जारी लकडाउनको अवधि बढाईने भएको हो । यसका लागि डिसिसिएमसीको बैठक बसेर निर्णय गरिने सेतोखरीलाई स्रोतले बतायो ।