नेपालगन्ज १२ वैशाख : बाँकेमा एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेकाछन् । कोरोना संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था सामान्य भएपनि घरमै आत्महत्या गरेको बताइएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकलपर्शन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका– ९ का ६० वर्षिय पुरुषले शनिबार साँझ आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
फोकल पर्सन ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा वैशाख ३ गते गरिएको पीसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यवस्था सामान्य रहेता पनि उनले के कति कारणले आत्महत्या गरे खुल्न सकेको छैन ।
यस्तै, भेरी अस्पतालमा उपचाररत ६० वर्षिय अर्का पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– ११ निवासी उनी वैशाख १ गते भेरी अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति निधन भएको डिसिसिएमसी बाँकेले जनाएको छ । योसँगै बाँकेमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?