बाँकेमै कोरोनाबाट संक्रमित हुने र मर्नेको संख्या नेपालगन्जमा उच्च

पालिकागत तथ्यांक हेर्नुहोस्


बाँकेमै कोरोनाबाट संक्रमित हुने र मर्नेको संख्या नेपालगन्जमा उच्च

नेपालगन्ज १२ वैशाख : जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमित भेटिएकाछन् । भने जिल्लामै सबैभन्दा बढि कोरोनाका कारण ज्यान गुमाउनेको संखया पनि नेपालगन्जमै रहेकोछ ।

केन्द्रले जारी गरेको बाँके जिल्लाको पालिकाअनुसार कोरोना संक्रमित र मृतकको विवरणले यस्तो देखाएको हो । केन्द्रको विवरण अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ४ हजार १ सय ४८ जना संक्रमित भेटिएकाछन् । जसमा २ हजार ६ सय ७२ जनाले कोरोना जित्दा जम्मा ४५ जनाको मृत्यु भएकोछ । यस्तै नेपालगन्ज उपमहानगरपालिकामा हाल एक हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै दोस्रो स्थानमा कोहलपुर नगरपालिका रहेकोछ । जहाँ हालसम्म एक हजार ३ सय ४० जना संक्रमित हुदाँ एक हजार एक जनाले कोरोना जितेकाछन् । भने हालसम्म १७ जनाले ज्यान गुमाईसकेकाछन् । केन्द्रका अनुसार हाल कोहलपुर नगरपालिकामा ३ सय ३२ जना सक्रिय संक्रमित रहेकाछन् ।

यसैगरि खजुरा गाउँपालिका कोरोनाको तेस्रो हटस्पटका रुपमा रहेकोछ । जहाँ हालसम्म ५१५ संक्रमित रहँदा ३८८ जनाले कोरोना जितेकाछन् । यहाँ ९ जनाको मृत्यु भएकोछ । भने हाल ११८ सक्रिय संक्रमित रहेको केन्द्रको तथ्यांकले देखाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसैगरी जानकी गाउँपालिकामा हालसम्म १७५ जना संक्रमित हुँदा १२९ जनाले कोरोना जितेका छन् । भने २ जनाले ज्यान गुमाउदा ४४ जना सक्रिय संक्रमित रहेकाछन् ।
केन्द्रका अनुसार डुडुवा गाउँपालिकामा हालसम्म कसैको मृत्यु भएको छैन । यहाँ कुल ११६ संक्रमित भेटिँदा ७५ जनाले कोरोना जितेकाछन् । भने ४१ जना सक्रिय संक्रमित रहेकाछन् ।

यसैगरी नरैनापुर गाउँपालिकामा हालसम्म १३१ जना संक्रमित भेटिदाँ १२६ जनाले कोरोना जितेका छन् । यहाँ २ जनाले ज्यान गुमाउदँदा १३ जना सक्रिय संक्रमित रहेकाछन् ।

बाँकेको बैजनाथ गाँउपालिकामा २४७ जना कुल संक्रमित भेटिदाँ १८५ जनाले कोरोना जितेकाछन् । भने ५ जनाको मृत्यु हुदाँ ५७ जना सक्रिय संक्रमित रहेकाछन् ।

केन्द्रले जारी गरेको तथ्यांक अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकामा हालसम्म ३२१ जना संक्रमित भेटिदा २३३ जनाले कोरोना जितेकाछन् । ८५ जना सक्रिय संक्रमित हुदाँ ३ जनाले ज्यान गुमाएकाछन् ।

यस्तै केन्द्रले जारी गरेको तथ्यांकमा १९४ जना अन्य संक्रमित भेटिदा १९४ जनाले नै कोरोना जितेकाछन् ।