संक्रमित संख्या ३ लाख नाघ्यो
नेपालगन्ज १२ वैशाख : नेपालमा एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा पीसिआर परीक्षणबाट ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् । हाल ६९ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५८२ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९५० पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?