नेपालगन्ज १३ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँकेका थप एक कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।
डिसिसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत ४५ वर्षिया महिलाको निधन भएको हो ।
कोहलपुर नगरपालिका– ५ की उनमा वैशाख ११ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षणमा पोजिटिव देखिएको थियो । उनी वैशाख १२ गते अस्पताल भर्ना भएकी थिइन ।
योसँगै बाँकेमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?