एकैदिन १२५ जना संक्रमण मुक्त भए
File Photo
नेपालगन्ज १३ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण र संक्रमितको मृत्युको खबरकाबीच बाँकेमा एउटा सुखद खबर बाहिरीएकोछ ।
कोरोना संक्रमितहरुको संख्या अचाक्लिलाग्दो गरि बढिरहेको अवस्थामा बाँकेकी एक ७ वर्षिया बालिकाले कोरोना जितेकीछन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लोपछक बाँकेमा उपचाररत ७ वर्षिया एक बालिका र ७५ वर्षिया वृद्धासहित १२५ जना संक्रमितले कोरोना जितेर घर फर्केका हुन् ।
बाँकेमा हालसम्म पाँच हजार १२८ जना संक्रमित निको भएका छन् । पछिल्लो समय संक्रमित बढेसँगै गम्भीर र मृत्यु हुने संक्रमितको संख्या पनि बढेको छ ।
हिजो (आईतबार) मात्र बाँकेमा ४ महिला र ४ पुरुष सहित ८ जना संक्रमितको एकै दिन मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ । बाँकेमा हाल २ हजार २७८ जना सक्रिय सक्रमित रहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?