नेपालगन्ज १३ वैशाख : बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन बेडसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
‘अक्सिजनसहितको वेडको व्यवस्थापन गरि सञ्चालनमा ल्याएका छौं’ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले भने –‘शुरुमा ४० वेड जनक शिक्षामा र वडा नम्बर–१ मा १० बेड सञ्चालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लिने लक्ष्य छ ।’
खजुरामा रहेको जनक शिक्षा सामाग्रीको भवनमा निर्माण गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले अवलोकन गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
आवश्यक अक्सिजन, औसधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उक्त आइसोलेसन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार अवलोकनपछि शुभारम्भ भएको बताएका छन् ।
उनले तयारी थाल्दा थाल्दै पनि अक्सिजनका कारण ढिलाइ भएको बताए । खजुरा गाउँपालिकाले यसघी पनि कोभिडमा राम्रो काम गरेको भन्दै रास्टृयस्तरको पुरस्कर पाएको थियोे ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?