सुर्खेतका पत्रकारलाई उपचारमा १० प्रतिशत छुट


सुर्खेतका पत्रकारलाई उपचारमा १० प्रतिशत छुट

सुर्खेत १३ वैशाख : सुर्खेतका पत्रकारलाई उपचारमा १० प्रतिशत छुट दिइनेभएकोछ ।

सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिले उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको हो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो ।

पत्रकारहरू अग्रपंक्तिमा खटिएर जोखिम मोलेर पनि नागरिकहरुलाई सुचना प्रवाह गर्ने भएकाले पत्रकारले उपचार गर्दा राहत होस् भनेर यो निर्णय भएको हो,’ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर लोकेन्द्र थापाले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

साथै उनले पत्रकारहरू सँग सहकार्य गर्न चाहेको कुरा पनि सुनाए । केही दिनभित्र महासंघ र अस्पतालबीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताए ।