सुर्खेत १३ वैशाख : सुर्खेतका पत्रकारलाई उपचारमा १० प्रतिशत छुट दिइनेभएकोछ ।
सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिले उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको हो ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो ।
पत्रकारहरू अग्रपंक्तिमा खटिएर जोखिम मोलेर पनि नागरिकहरुलाई सुचना प्रवाह गर्ने भएकाले पत्रकारले उपचार गर्दा राहत होस् भनेर यो निर्णय भएको हो,’ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर लोकेन्द्र थापाले भने ।
साथै उनले पत्रकारहरू सँग सहकार्य गर्न चाहेको कुरा पनि सुनाए । केही दिनभित्र महासंघ र अस्पतालबीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताए ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ