सुर्खेत १३ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सुर्खेतले एकहप्ताका लागि निषेधाज्ञा जारी गरेकोछ ।
सुर्खेतमा कोरोनाको ग्राफ ह्वात्तै बढेपछि मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।
कर्णालीका अधिकांश नागरिकहरु रोजगारीका सिलसिलामा भारत जाने गरेका छन् । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ । तर, रोकथामका तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन सकिरहेको अवस्था छैन ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?