नेपालगन्ज १३ वैशाखः देश कोरोना महामारिको चपेटामा रहेकै बेला दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृत्यु भएको छ ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर–६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको झाडापखलाका कारण एकै दिन मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गढवाका अनुसार प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृत्यु भएको जनाएको ।
शनिबार बेलुका स्थानीय खोलाबाट माछा मारी पकाएर खाएपछि उनीहरूलाई पाखाला सुरू भएको थियो । उपचारका क्रममा दुई दिदीबहिनीको मृत्यु भएपछि दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार दिदी विनिताको आईतबार बिहान २ बजेतिर र बहिनी रिताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
राजपुर गाउँपालिका नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्छ । राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ ।
भारतीय सरकारले स्थानीय निकायको निर्वाचनका कारण आईतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाइएको बुझिएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?