नेपालगन्ज १३ वैशाख : बढ्दो कोरोना भाइरस संक्रमणले यतिबेला काठमाण्डौं हल्लिएकोछ । कोरोना भाइरसले उपत्यका बाहिरका जिल्लालाई आफ्नो चपेटमा लिदाँसमेत देशको राजधानी मौन रहेको थियो ।
पछिल्लो समय काठमाण्डौं उपत्यकामा कोरोना संक्रमित दिनानुदिन बढ्दै गएपछि यतिबेला राजधानी काठमाण्डौं तर्सिएकोछ । बढ्दो कोरोना भाइरस संक्रमणको साङ्लो तोड्न यतिबेला काठमाण्डौैं उपत्यका आक्रमकरुपमा अघि बढेकोछ ।
काठमाण्डौं जिल्ला प्रशासनले आगामी वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाइदैछ । सुरुवातमा एक हप्ताका लागि निषेधाज्ञा गर्ने र परिस्थिती हेरेर लम्बाउन सक्ने भन्दै योबीच काठमाडौं उपत्यकाबाहिर जान चाहानेलाई निश्चित समय दिएर सीमामा कडाइ गरिने भएको छ ।
उपत्यकामा निषेधाज्ञा गरेपनि सीमा नाकाबाट हुने आवतजावतले कोरोना संक्रमणको जोखिम झनै बढाउने भन्दै सीमानाकामा समेत कडाइ गर्ने तयारी भएको छ ।
यसका लागि तीन जिल्लाका सिडिओहरुबीच छलफल गरि आगामी खाका समेत तयार हुनेछ । यसबीच उपत्यकामा बढ्दो कोरोना संक्रमणको ग्राफलाई घटाएर चेनब्रेक गर्न उपत्यकामा रहेकालाई उपत्यका छोड्न दुईदिनको समयअवधि दिइएकोछ ।
यो व्यवस्थासंगै अब उपत्यकामा रहेकाले १५ गतेसम्म उपत्यका छाड्नुपर्ने हुन्छ । १६ गतेदेखि उपत्यका छाड्न चाहनेले पाउने छैनन् ।
निषेधाज्ञा लागू भएपछि कुनै पनि प्रकारको छुट नदिने र नियम पालना नगर्नेमाथि कारवाहीसमेत गरिने तयारी गरिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं