आक्रमकरुपमा युवामा फैलिँदै कोरोना : एकैदिन २० देखि २९ वर्षका ८६३ जना संक्रमित


आक्रमकरुपमा युवामा फैलिँदै कोरोना : एकैदिन २० देखि २९ वर्षका ८६३ जना संक्रमित

नेपालगन्ज १३ वैशाख : देशभरी फैलिएको कोरोना भाइरस संक्रमणले युवालाई आफ्नो चपेटमा लिदैं आएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ अध्यावधि गर्ने देशभरको कोरोना भाइरस संक्रमितको तथ्यांकले सबैभन्दा बढि युवा संक्रमित भएकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ३ हजार ५ सय ५६ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि पनि आईतबार २० देखि २९ वर्षका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका थिए ।

३० देखि ३९ वर्षका ८५०, ४० देखि ४९ वर्षका ६०७, ५० देखि ५९ वर्षका ४०५, १० देखि १९ वर्षका २७३, ६० देखि ६९ वर्षका २१६ जना संक्रमित छन् ।

यस्तै, ७० देखि ७९ वर्षका १०१, नौ वर्ष मुनिका ६३, ८० देखि ८९ वर्षका ३२, ९० देखि एक सय वर्षका ५ र अज्ञात २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।