नेपालगन्ज १४ वैशाख : भारतमा कोरोना भाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ ।
बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो ।
नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ । बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो ।
पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ । सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए ।
यसैबीच, भारतमा बढ्दो कोरोना भाइरस संक्रमणले यतिबेला भारतीय सीमासंग जोडिएका नेपालका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढेको बढै छ ।
भारतका विभिन्न क्षेत्रमा रोजगारी तथा अन्य कामका शिलसिलामा गएका नेपालीहरु धमाधम नेपाल फर्किरहेकाछन् । यसरी नेपाल आउनेमा कोरोना संक्रमण देखिनुका साथै मर्नेको संख्या पनि बढिरहेकोछ । तर, नेपाली सीमानाका बन्द गरिएको छैन ।
नेपाल–भारत सीमानाकाबाट निर्वाधरुपमा सर्वसाधरणहरु आउजाउ गरिरहेकाछन् । यसरी आउनेहरु विहे, दाहसंस्कार, रोजगारी, औषधी उपचार लगायतका बहानामा आउजाउ गरिरहेकाछन् । उनीहरुको आउजाउलाई सीमासुरक्षार्थ तैनाथ सुरक्षाकर्मीले समेत रोक्न सकेकाछैनन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?