कोरोना कहर : बाँकेसहित ९ जिल्लामा निषेधाज्ञा


कोरोना कहर : बाँकेसहित ९ जिल्लामा निषेधाज्ञा

File Photo

नेपालगन्ज १४ वैशाख : कोरोना भाइरस संक्रमणको साङ्लो तोड्न यतिबेला बाँकेसहित देशका ९ जिल्लामा निषेधाज्ञा जारी गरिएकोछ ।

तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाँके सहित काठमाडौंका तीन उपत्यका गरि देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सो अनुसार यही बिहीबारदेखि उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा निषेधाज्ञा लागू भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ ।

यतिबेला काठमाण्डौंका तीन उपत्यकाबाट गृहजिल्ला जानेहरुको बाक्लो भीड लागेकोछ । काठमाण्डौं उपत्यकामा बिहीबारदेखि लाग्ने निषेधाज्ञालाई प्रभावकारी बनाउन घर जान चाहनेहरुलाई दुई दिनको समय अवधि दिइएकोले आज विहानैदेखि काठमाण्डौं स्थित गोंगवु बसपार्क, पुरानो बसपार्क र कलंकीमा ठूलै भीड लागेको हो ।