नेपालगन्ज १४ वैशाख : कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६, फुल्टेक्राकी एक महिला (बृद्धा)को मृत्यु भएकोछ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार फुल्टेक्राकी ती ७२ वर्षीया महिलाको मंगलबार बिहान ११ः२५ मा मृत्यु भएको हो ।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार गरिएको नमुना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
मगलबार बिहान मात्रै बाँकेको कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा र दाङको तुल्सीपुरकी ७४ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?