कोरोनालाई जित्न थाले बाँकेका संक्रमित, दुई दिनमै २३१ जना निको भए


कोरोनालाई जित्न थाले बाँकेका संक्रमित, दुई दिनमै २३१ जना निको भए

File Photo

नेपालगन्ज १४ वैशाख : तिव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणले यतिबेला बाँकेमा त्रास फैलाइरहेकोछ ।

कोरोना संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लाभरी निषेधाज्ञा लगाएकोछ । स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अपनाउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह समेत गरिरहेकोछ ।

कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहेको अवस्थामा पछिल्लो दुई दिनदेखि ठूलो मात्रामा बाँकेमा उपचाररत कोरोना संक्रमितले कोरोनालाई परास्त पारिरहेकाछन् ।

तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण र संक्रमितको मृत्युको खबरकाबीच बाँकेमा यो सुखद खबर हो । त्यसो त संक्रमित भएपछि मृत्यु नै हुन्छकी भन्दै त्रसित बनेका कोरोना संक्रमितहरुको ठूलो संख्याले केही दिनयता कोरोनामाथि विजय हाँसिल गरिरहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यहीबीच दुईदिनमै बाँकेमा उपचाररत २३१ जना संक्रमितले कोरोनालाई हराएका छन् ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा उपचाररत यी १०६ जना कोरोना संक्रमितले कोरोनालाई परास्त पारि घर फर्केका हुन् ।

जसमा बाँकेका ५० महिला र ५६ पुरुष गरि जम्मा १०६ जना संक्रमितले कोरोनालाई हराएका छन् ।

यसअघि, हिजो सोमबार मात्रै बाँकेकी एक ७ वर्षीया बालिका र ७५ वर्षीया बृद्धासहित १२५ जनाले कोरोना जितेर घर फर्किसकेकाछन् ।

केन्द्रको यो तथ्यांक हेर्दा वैशाख १ गतेदेखी आईतबारसम्म ३०१ जनाले कोरोना जितेका थिए । भने सोमबार र मङ्गलबार दुईदिनमै २३१ जनाले कोरोना जित्दा मङ्गलबार बेलुकासम्म ५३२ जनाले कोरोना जितेकाछन् ।