नेपालगन्ज १५ वैशाख : गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना पुष्टि भएकोछ ।
पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गर्नेसहित तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबारको बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गरेका सांसद राजीव पहारीसहित प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको बताइएको छ ।
सत्तारुढ दल नेकपा (एमाले)को अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सांसदसगैं प्रदेशसभा सचिवालयकै एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणको माग गरिएपछि मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो । यद्यपि, प्रदेश स्वास्थ्य निर्देशनालयले भने यसबारे जानकारी दिइसकेको छैन ।
कोरोना पोजिटिभ देखिएका सांसदले सदनमा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा मत हाल्न पाउने गरी कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु