गण्डकीमा तीन सांसदलाई कोरोना


गण्डकीमा तीन सांसदलाई कोरोना

नेपालगन्ज १५ वैशाख : गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना पुष्टि भएकोछ ।

पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गर्नेसहित तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारको बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गरेका सांसद राजीव पहारीसहित प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको बताइएको छ ।

सत्तारुढ दल नेकपा (एमाले)को अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सांसदसगैं प्रदेशसभा सचिवालयकै एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पीसीआर परीक्षणको माग गरिएपछि मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो । यद्यपि, प्रदेश स्वास्थ्य निर्देशनालयले भने यसबारे जानकारी दिइसकेको छैन ।

कोरोना पोजिटिभ देखिएका सांसदले सदनमा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा मत हाल्न पाउने गरी कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।