नेपालगन्ज १५ वैशाख : नेपाली काँग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण पाइएपछि केन्द्रिय समितिको बैठक स्थगित गरिएकोछ ।
काँग्रेसको केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि काँग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।
केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रिय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताइएकोछ ।
पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न काँग्रेसले बुधबार(आज) केन्द्रिय समितिको बैठक बोलाएको थियो । बैठकअघि काँग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?