काँग्रेसका नेता र कर्मचारीमा कोरोना पाइएपछि केन्द्रिय समिति बैठक स्थगित


काँग्रेसका नेता र कर्मचारीमा कोरोना पाइएपछि केन्द्रिय समिति बैठक स्थगित

नेपालगन्ज १५ वैशाख : नेपाली काँग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण पाइएपछि केन्द्रिय समितिको बैठक स्थगित गरिएकोछ ।

काँग्रेसको केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि काँग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रिय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताइएकोछ ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न काँग्रेसले बुधबार(आज) केन्द्रिय समितिको बैठक बोलाएको थियो । बैठकअघि काँग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।