नेपालगन्ज १५ वैशाख : कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जका थप दुई जनाको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार यसरी ज्यान गुमाउनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र १२ का एक महिला र एक पुरुष रहेकाछन् ।
भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र नेपालगन्ज–१२ का ६५ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
नेपालगन्ज –१७ की ३९ वर्षीया महिलाको वैशाख ८ गते पीसिआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार राति १०ः३० बजे उनको मृत्यु भएको हो ।
यस्तै कोरोना संक्रमण भएर वैशाख ६ गते अस्पताल भर्ना भएका नेपालगन्ज –१२ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान २ः३० बजे मृत्यु भएको फोकल पर्शन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । भने बाँकेमा उपचाररत जिल्ला बाहिरका १०८ जनाले ज्यान गुमाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?