नेपालगन्ज १५ वैशाख : नेपालगन्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।
कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख उमाले जानकारी दिइन ।
बुधबार कार्यबाहक नगरप्रमुख मगर, भेरी अस्पताल नेपालगन्जका प्रमुख डाक्टर प्रकाश थापा, वडा नम्बर–२ का वडा अध्यक्ष सुनील सिंह हमाल र डाक्टर बद्री चापागाईले आईसोलेसन वार्डको अनुगमन गरे ।
अनुगमनपछि डाक्टर थापाले आईसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताए ।
भेरी अस्पताल र उप–महानगरपालिकाले तयार गरेको आईसोलेसन वार्ड नजिकै रहेको भन्दै डाक्टर थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताए ।
उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।
नेपालगन्ज उप–महानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईटहाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।
आईसोलेसन वार्ड तयार गरेको उप–महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन कार्य समेत सुरु गरेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?