बाँकेमा १५ दिनमै ६२० जनाले कोरोना जिते


बाँकेमा १५ दिनमै ६२० जनाले कोरोना जिते

File Photo

नेपालगन्ज १५ वैशाख : कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना संक्रमित धमाधम निको हुँदै गएकाछन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार वैशाख १ गतेदेखि वैशाख १५ गते आज(बुधबार) सम्म बाँकेका कुल ६२० संक्रमितले कोरोना जितेका हुन् ।

यसरी कोरोना जित्नेमा ७ वर्षिया बालिकासहित ७५ वर्षिय बृद्धले कोरोना जितेका छन् ।

यसअघि सोमबार र मङ्गलबार गरि दुईदिनमै बाँकेमा उपचाररत २३१ जना संक्रमितले कोरोनालाई हराएका थिए । जसमा सोमबार १२५ जनाले र हिजो मङ्गलबार १०६ जनाले कोरोना जितेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रको यो तथ्यांक हेर्दा वैशाख १ गतेदेखी १२ गते आईतबारसम्म बाँकेका कुल ३०१ जनाले कोरोना जितेका थिए । भने सोमबार र मङ्गलबार दुईदिनमै २३१ जनाले कोरोना जित्दा मङ्गलबार बेलुकासम्म ५३२ जनाले कोरोना जितेकाछन् ।

यसैबीच केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका ३७ महिला र ५१ पुरुष गरि जम्मा कुल ८८ जनाले कोरोना जितेकाछन् । यो तथ्यांकसहित वैशाख १ गतेदेखि वैशाख १५ गते (आज बुधबार) सम्म बाँकेमा उपचाररत कुल ६२० जनाले कोरोनामाथि विजय हाँसिल गरेकाछन् ।