नेपालगन्ज १५ वैशाख : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएकोछ ।
आगामी वैशाख २० गतेदेखि सञ्चालन हुने गरि कोरोना डेडिकेटेड अस्पताल बनाउन लागिएको हो । उक्त डेडिकेटेड अस्पतालमा कोरोनाका शंकास्पद बिरामीहरुका लागि राख्न ५० बेडको प्रिआइशोलेसन वार्ड हुने छ भने अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीहरुका लागि ५० बेडको आइसियुको व्यवस्था हुनेछ ।
त्यसैगरि संक्रमण भई लक्षण भए पनि स्वास्थ्य अवस्था सामान्य भएका बिरामीका लागि अक्सिजन सहित २ सय बेड बनाइनेछ ।
आइसियुमा भर्ना हुने बिरामीका लागि आवश्यकता अनुसार हाइफ्लो नोजल क्यानला बाइप्यापसहित भेन्टिलेटरको व्यवस्था मिलाइनेछ । भने कोरोना डेडिकेटेड अस्पतालमा १ सय २० जना चिकित्सक, ३ सय स्टाफ नर्ससहित ल्याब र सरसफाइकर्मी करिब २ सय जना कर्मचारीहरु खटिने छन् ।
यसअघि मेडिकल कलेजले वैशाख ३ गतेदेखि शिक्षण अस्पताल कोहलपुरमा कोरोना ५० बेड र त्यसको एक हप्ता पछि १ सय बेडको कोरोना वार्ड सञ्चालन गर्दै आएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?