नेपालगन्ज १५ वैशाख : देशभर पछिल्लो २४ घण्टामा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको नमुना परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी कोरोना पुष्टि हुनेमा १३ हजार ८ सय ७९ जनाको पीसिआर गर्दा ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो ।
योसगै कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित रहेकाछन् । भने ५४ जना संक्रमित क्वारेन्टिनमा रहेकाछन् ।
यस्तै पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?