खजुरा गाउँपालिकाले सुरु गर्यो एन्टिजेन परीक्षण, पहिलो दिनमै ५ जनामा कोरोना पुष्टि


खजुरा गाउँपालिकाले सुरु गर्यो एन्टिजेन परीक्षण, पहिलो दिनमै ५ जनामा कोरोना पुष्टि

खजुरा (बाँके) १६ वैशाख : बाँकेको खजुरा गाउँपालिकाले पालिका तहमा कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले हाईफ्लो अक्सिजन सहितको ५० बेड आईशोलेसन सहित एन्टिजेन किटमार्फत कोरोना परीक्षण सुरु गरेकोछ ।

बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दै जाँदा स्थानीय तहले पनि पालिका स्तरमा कोरोना परीक्षण सुरु गरेको हो ।

खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलका अनुसार खजुरा गाउँपालिकामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन रेन्डमली १२ वटा परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसंगै पालिकामा समुदाय स्तरमै कोरोना संक्रमण पुगेको पुष्टि भएकाले नमुना परीक्षणको दायरा बढाउदै लैजाने बताए ।

स्वाव संकलनमा सक्रिय खजुरा गाउँपालिका–१ राधापुर स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट मेलिना मल्लले स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा अपनाएर अग्रभागमा सेवा प्रवाह गर्न आवश्यक रहेको बताईन् ।

Kids Festival 2022
kanti aarogya hospital

एक वर्षदेखि आफु कोरोना परीक्षण गर्दै आएको भएपनि अवस्था जटिल भए पनि सुरक्षा अपनाउन सल्लाह दिईन् ।

खजुरा गाउँपालिका १ सय ७९ जना संक्रमित रहेको मा २५ जना संक्रमण मुक्त भएर घर फर्केको र ६ जनाको मृत्यु भएको छ ।