एकै दिन बाँकेका ६ जना कोरोना संक्रमितको मृत्यु


एकै दिन बाँकेका ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज १६ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररते नेपालगन्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भयो ।

५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ ।

नेपालगन्ज–१४ का ६० वर्षीय, नेपालगन्ज–९ का ४२ वर्षीय, नेपालगन्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्शन ओलीले जानकारी दिए ।

ओलीका अनुसार नेपालगन्जका ६० वर्षीय पुरुषको वैशाख ६ गते संक्रमण पुष्टि भएकोमा बुधबार मात्रै भेरी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन बुधबार राति ९ बजे उनको मृत्यु भएको हो ।

बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना गरी सबै आवश्यक औषधि प्रयोग गरी उनको उपचार थालिए पनि बुधबार राति १० बजे उनको मृत्यु भएको ओलीले बताए ।

बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगन्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै नेपालगन्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई बुधबार भेरी अस्पतालमा लगिएको थियो । सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उनको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसिआर परीक्षणमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको छ भने बाँके जिल्लाका कुल १०७ जना गरि २१६ जनाको मृत्यु भइसकेकोछ ।