रानी कोमल आईसीयूमा भर्ना, राजा ज्ञानेन्द्रको अवस्था सामान्य


रानी कोमल आईसीयूमा भर्ना, राजा ज्ञानेन्द्रको अवस्था सामान्य

File Photo

नेपालगन्ज १६ वैशाख : कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालमै उपचाररत राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।