कोरोना संक्रमित सुर्खेतकी महिलाले स्वस्थ बच्चा जन्माईन


कोरोना संक्रमित सुर्खेतकी महिलाले स्वस्थ बच्चा जन्माईन

नेपालगन्ज १६ वैशाख : कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका –११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।

मेडिकल कलेज कोहलपुरका उपनिर्देशक डाक्टर नितेश कनोडियाका अनुसार कोरोनाको उपचार चलिरहेकै बेला आज बिहान ७ः३५ बजे ति महिलाले बच्चालाई जन्म दिएकी हुन् ।

अहिले आमा र बच्चाको अस्वस्था सामान्य रहेको कनोडियोले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोभिड–१९ लेभल ३ को अस्पताल हो । अस्पतालले यसअघि अछाम, कपिलबस्तु र रुकुम लगायतका जिल्लाका कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया समेत गरेकोछ ।