नेपालगन्ज १६ वैशाख : कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका –११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।
मेडिकल कलेज कोहलपुरका उपनिर्देशक डाक्टर नितेश कनोडियाका अनुसार कोरोनाको उपचार चलिरहेकै बेला आज बिहान ७ः३५ बजे ति महिलाले बच्चालाई जन्म दिएकी हुन् ।
अहिले आमा र बच्चाको अस्वस्था सामान्य रहेको कनोडियोले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोभिड–१९ लेभल ३ को अस्पताल हो । अस्पतालले यसअघि अछाम, कपिलबस्तु र रुकुम लगायतका जिल्लाका कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया समेत गरेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?