कोरोना संक्रमण बढेपछि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी


कोरोना संक्रमण बढेपछि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी

File Photo

नेपालगन्ज १६ वैशाख : कोरोना भइरस संक्रमण फैलिएपछि आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।

आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो ।

कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् ।

‘अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्’, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने, ‘खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौँ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द गर्न आग्रह गरिएको छ ।

विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ ।