नेपालगन्ज १६ वैशाख : नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत मध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेसनमा रहेकाछन् । संक्रमित मध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् ।
कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो ।
गत चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ ।
कोरोना संक्रमित भएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भइसकेकोछ ।
जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले बताए ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?