नेपालगन्जका कर्मचारी र जनप्रतिनिधी सहित १२४ जनामा कोरोना


नेपालगन्जका कर्मचारी र जनप्रतिनिधी सहित १२४ जनामा कोरोना

नेपालगन्ज १६ वैशाख : नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत मध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेसनमा रहेकाछन् । संक्रमित मध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

गत चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ ।

कोरोना संक्रमित भएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भइसकेकोछ ।

जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले बताए ।