कोरोनाबाट सुदूरपश्चिममा १२६ जनाको मृत्यु

प्रदेशमै सकृय संक्रमित संख्या १६ हजार नाघ्यो


कोरोनाबाट सुदूरपश्चिममा १२६ जनाको मृत्यु

कैलाली(लम्कीचुहा) : कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा १२६ जनाको मृत्यु भएकोछ ।

कोरोना भाइरस संक्रमणका कारण हिजो (सोमबार) मात्रै कन्चनपुरका ६ जना, कैलालीका ५ जना, बझाङ्गमा २ जना र दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको हो । यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढि कैलाली र कञ्चनपुरमा रहेकाछन् ।

यसअघि अछाममा २ जना, बैतडीमा ४ जना, बझाङ्गमा ३ जना, बाजुरामा २ जना, डडेल्धुरामा ४ जना, दार्चुलामा २ जना, डोटीमा १ जना, कैलालीमा ४९ जना, कञ्चनपुरमा २० जना र अन्य जिल्ला ३९ जना मृत्यु भएको सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएकोछ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशको बिभिन्न अस्पतालबाट थप २०१ जनामा कोरोना संक्रमित भेटिएपछि यतिबेला सुदूरपश्चिमको सकृय संक्रमित संख्या १६ हजार ६९० पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जसमा कैलालीका एक हजार २४६, कञ्चनपुरका ३८१ जना, अछामका ३९ जना, बैतडीका १९७ जना, बझाङ्गमा ४४ जना, बाजुराका २ जना, डडेल्धुराका १३८ जना, डोटीका १८३ जना र अन्य जिल्लाका ९ जनामा संक्रमण पुस्टि भएको सुदूरपश्चिम प्रदेसको सामाजिक बिकास मन्त्रालयले जनाएकोछ ।

यसैगरी मन्त्रालयका अनुसार प्रदेशमा निको हुने संक्रमित संख्या पनि दुई हजार ३९२ पुगेको छ । सेती प्रादेशिक अस्पतालबाट ६ सय ४९ जना, टिकापुर ३ सय ४८ जना, डडेल्धुरा ३ सय १७ जना, दार्चुला १२ जना, बैतडी ३८ जना, बझाङ्ग ३१ जना, जिल्ला अस्पताल अछामबाट एक सय जना, डोटी १४८ जना, बाजुरा २१ जना, बयलपाटा अस्पतालबाट ७३ जना र गोकुलेश्वर अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् ।