करोडका त्रिपाल वेवारिसे


करोडका त्रिपाल वेवारिसे

नेपालगन्ज : बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा एक करोड मुल्य बराबरका त्रिपाल वेवारिसे अवस्था छन् । भू–कम्प पीडितका लागि भनेर तीन बर्षअघि भारतबाट ल्याएका ती त्रिपाल सरकारी उदासिनताले अहिलेसम्म वेवारिसे रहेका हुन् ।

२०७२ सालमा आएको भू–कम्पबाट पीडित परिवारका लागि ल्याइएका करिव दुई हजार थान त्रिपाल अहिले पनि भन्सार परिसरमा छन् । २०७२ असार २४ भारतबाट त्रिपाल ल्याइए पनि भन्सार छुटको अवधि सकिएकोले महशुल नतिरेका कारण एक हजार ९ सय ३० त्रिपाल भन्सार कार्यालयको गोदामै थन्किएका हुन्।

२०७२ असार २२ सम्मका लागि मात्र भू–कम्पपीडितका लागि ल्याउने राहत सामाग्रीमा भन्सार महसुल छुट गरिएको थियो । दुई दिन ढिलो आएकोले भन्सारमा छुट नदिदा भन्सार छुट नहुँदा भन्सार कार्यालमा त्रिपाल छन् । त्रिपालबारे सोधपुछ गर्न कोही नआएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले बताए ।

त्रिपालका बारेमा दावी र सोधपुछ गर्न कोही नआएपछि करिब एक वर्षसम्म कार्यालयको चौरमा त्रिपाल थियो । हामीले नै गोदाममा राखेका छौं उनले भने ‘एक त्रिपालको मूल्य करिब पाँच हजार पर्नेछ ।’