नेपालगन्ज २१ वैशाख : कोरोना संक्रमणले नेपालमा एकैदिन ५५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाएको यो अहिलेसम्मकै सबैभन्दा बढि हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन भेटिएका संक्रमितको यो संख्या हालसम्मको उच्च हो ।
१६ हजार १ सय ३१ जनाको पीसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् । हाल २५३ जना संक्रमित क्वारेन्टिनमा छन् । गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?