नेपालमा एकैदिन थपिए ७६६० संक्रमित


नेपालमा एकैदिन थपिए ७६६० संक्रमित

नेपालगन्ज २१ वैशाख : कोरोना संक्रमणले नेपालमा एकैदिन ५५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाएको यो अहिलेसम्मकै सबैभन्दा बढि हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन भेटिएका संक्रमितको यो संख्या हालसम्मको उच्च हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

१६ हजार १ सय ३१ जनाको पीसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् । हाल २५३ जना संक्रमित क्वारेन्टिनमा छन् । गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।