बाँकेमा थप २९३ जना कोरोना संक्रमित निको भएर घर गए


बाँकेमा थप २९३ जना कोरोना संक्रमित निको भएर घर गए

File Photo

नेपालगन्ज २२ वैशाखः बाँकेमा दिनहुँ ठूलो मात्रामा कोरोना संक्रमित निको हुन थालेकाछन् ।

कोरोना भाइर संक्रमणको हटस्पट बनेको बाँकेमा बुधबार (आज) मात्रै २९३ जना व्यक्तिले कोरानालाई जितेर घर फर्केकाछन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका अनुसार १२३ जना महिला र १७० जना पुरुष गरी २९३ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा कोरोना संक्रमित ७६ वर्षीय बृद्ध समेत छन् । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । यद्यपी कोरोनाबाट निको हुनेको संख्या पनि दिनहुँ बढिरहेकोछ ।

यसअघि हिजो मङ्गलबार मात्रै बाँकेका ३४२ संक्रमित निको भएर घर फर्किसकेकाछन् ।