नयाँ अभ्यासमा ट्राफिक प्रहरी


नयाँ अभ्यासमा ट्राफिक प्रहरी

नेपालगन्ज : सवारीको चाप बढेसँगै बाँके जिल्लामा पछिल्लो समयमा ट्राफिक ब्यबस्थापनमा कडाई गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले सदरमुकाम नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सबै चोकहरुमा ठुलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको जनाएको छ ।

पछिल्लो समय प्रशिक्षार्थी ट्राफिक प्रहरीहरुबाट सवारी आवागमनलाई सहज बनाउन साँकेतिक अभ्यास सुरु गरिएको र केहि दिनभित्रै नेपालगन्जका सबै चोकहरुमा ट्राफिक आइल्याण्डमार्फत ट्राफिक व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायाले बताए ।

जनशक्ति अभावका कारण जिल्लाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएकाले बताउँदै रोकायाले ट्राफिक प्रहरीको थप दरबन्दीकालागी प्रयास भईरहेको बताए । तत्काललाई नेपालगन्जका प्रत्येक चोकहरुमा बिहान र साँझको समयमा ट्राफिक ब्यबस्थापन गर्न समस्या भएको हुँदा हातको मोबिलिटिबाट ट्रफिक ब्यबस्थापन गर्दै आएको रोकायाले बताए ।

बाँकेमा अझै पनि ट्राफिक नियमको प्रयाप्त अभ्यास नहुँदा सवारी दुर्घटनामा कमी आउन सकेको छैन । सबैले ट्राफिक नियमको पालना गरेको खण्डमा सवारी दुर्घटनाहरुमा कमि आउने जिल्ला ट्राफिक प्रहरीले जानएको छ । ट्राफिक प्रमुख रोकायाले कोहलपुर चौराहमा रहेका बिभिन्न ठेलाहरु हटाउनका लागि कोहलपुर नगरपालिकाबाट परिपत्र आएको हुँदा केही दिनमा नै कोहलपुर चौराह वरिपरि रहेका ठेलाहरु हटाउने योजना रहेको बताए ।