नेपालगन्ज २२ वैशाख : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मको उच्च हो ।
देशभर २० हजार ७ सय ५६ जनाको पीसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै आज देशभर एक हजार ९ सय ९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन् । योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन् ।
कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?