नेपालगन्ज २२ वैशाख : नेपालगन्ज उप–महानगरपालिका प्रमुख डाक्टर धवलशम्शेर राणा र उप–प्रमुख उमा थापा मगरले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि भईरहेका कामहरुको अनुगमन गरेकाछन् ।
उनीहरुले नेपालगन्जका विभिन्न स्थानमा पुगेर भईरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीहरुको मनोबल बढाएका हुन् ।
नगर प्रमुख डाक्टर राणाले शिक्षण अस्पताल नेपालगन्जमा पुगेर संक्रमितहरुको अवस्थाको बारेमा जानकारी लिए । बुधबार उप–प्रमुख उमा थापा मगरले नेपालगन्जस्थित जमुनाह नाकामा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिएका हुन् ।
थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गरिन् ।
होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्था बारे जानकारी लिएकी थिइन ।
सीमामा भारतबाट भित्रिनेहरुलाई नयाँ मास्क दिने गरिएको छ । सेनिटाईजर सहित उनीहरुको ज्वरो जाँच समेत गरिन्छ । सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ ।
भारतबाट भित्रिनेहरुलाई सीमामा निःशुल्क पिउने पानीको ब्यवस्था गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न संघसंस्थाको सहयोगमा सीमानाकामा व्यवस्थित आवागमनका लागि पहल गरिरहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?