File Photo
नेपालगन्ज २२ वैशाख : देशभर तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सक्रियता देखाएकोछ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि देशभर जोखिमयुक्त स्थानमा परीक्षण दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अनुरोध गरेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको हो ।
मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्राचार्य डाक्टर जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५ सय रुपैयाँ लिन सकिनेछ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?