जोखिमयुक्त स्थानमा घरमै गएर परीक्षण बढाउन आग्रह


जोखिमयुक्त स्थानमा घरमै गएर परीक्षण बढाउन आग्रह

File Photo

नेपालगन्ज २२ वैशाख : देशभर तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सक्रियता देखाएकोछ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि देशभर जोखिमयुक्त स्थानमा परीक्षण दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अनुरोध गरेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको हो ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका प्रवक्ता प्राचार्य डाक्टर जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५ सय रुपैयाँ लिन सकिनेछ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।