बाँकेका थप १० जना कोरोना संक्रमितको मृत्यु


बाँकेका थप १० जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज २३ वैशाख : बाँकेमा बुधबार राति र बिहीबार विहान गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बाँकेका र एक जना जाजरकोटका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–१ का ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा राति १ः४० बजे मृत्यु भएको छ । नेपालगन्ज वडा नम्बर– १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगन्ज वडा नम्बर –१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगन्ज वडा नम्बर–१० का २७ वर्षीय पुरुषको बुधबार राति १०ः२० बजे र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी भेरी नगरपालिका वडा नम्बर–४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर–१ का ७३ वर्षिया महिलाको बिहीबार विहान ५ बजे काठमाण्डौंबाट घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । काठमाण्डौंमा गरिएको पीसिआरमा २३ गते आएको रिर्पोटमा कोरोन पोजटिभ पाइएको थियो ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५८ पुगेको छ । भने बाँके जिल्ला बाहिरका १२८ जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।