File Photo
नेपालगन्ज २३ वैशाख : तिव्रगतिमा फैलिएको कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५६ पुगेको छ ।
बिहीवार (आज) बिहानसम्म देशका ५६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ ।
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि हालसम्म बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, डोल्पा, मुगु, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दाङ, कैलाली, कञ्चनपुर, दार्चुला, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, गुल्मी, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, पाल्पा र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी भएको छ ।
यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, चितवन, रुपन्देही, बागलुङ, सुनसरी, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, स्याङ्जा, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, महोत्तरी, म्याग्दी, तनहुँ, बारा, सिरहा, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, ईलाम र झापामा निषेधाज्ञा जारी भएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?