कोरोना संक्रमणका कारण देशका ५६ जिल्लामा निषेधाज्ञा जारी


कोरोना संक्रमणका कारण देशका ५६ जिल्लामा निषेधाज्ञा जारी

File Photo

नेपालगन्ज २३ वैशाख : तिव्रगतिमा फैलिएको कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५६ पुगेको छ ।

बिहीवार (आज) बिहानसम्म देशका ५६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि हालसम्म बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, डोल्पा, मुगु, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दाङ, कैलाली, कञ्चनपुर, दार्चुला, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, गुल्मी, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, पाल्पा र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी भएको छ ।

यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, चितवन, रुपन्देही, बागलुङ, सुनसरी, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, स्याङ्जा, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, महोत्तरी, म्याग्दी, तनहुँ, बारा, सिरहा, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, ईलाम र झापामा निषेधाज्ञा जारी भएकोछ ।