सुरक्षित भएर पेशागत दायित्व निभाउन प्रेस युनियन बाँकेको अपील

बाँकेका दुईदर्जन पत्रकार संक्रमित


सुरक्षित भएर पेशागत दायित्व निभाउन प्रेस युनियन बाँकेको अपील

नेपालगन्ज २३ वैशाख : नेपाल प्रेस युनियन बाँकेले कोरोना भाइरसको जटिल र कठिन परिस्थितीमा आफु सुरक्षित हुदँै आफ्नो पेशागत दायित्व निभाउन पत्रकारहरुलाई आग्रह गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बुधबार एक अपील जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाईरसबाट प्रभावित भएका पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथै कुनै समस्या वा जटिलता भएमा सहजताको लागि समन्वयकारी भुमिका खेल्न तयार रहेको युनियन बाँकेले जनाएको छ ।

‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीले बाँके जिल्लामा भयावह अवस्था सिर्जना भएको छ, कोरोना भाईरसबाट पोजेटिभ हुने र मृत्यु हुनेको संख्या दिनहुँ थपिदैँ गएको छ, यस महामारी नियन्त्रण गर्नका लागि भनेर नै बाँके प्रशासनले पुरै जिल्ला लकडाउन गरेको छ, यस्तो जटिल र कठिन परिस्थितीमा आफु सुरक्षित हुदैँ हामी पत्रकारहरुले आफ्नो पेशागत दायित्व निभाईरहेका छौं,’ अपीलमा भनिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, वरिष्ठ पत्रकार बासुदेव श्रेष्ठ, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल तथा पत्रकार नविन गिरी, अमृता केसी, काशीराम शर्मा, हेमन्त चौधरी, बिनय दिक्षित, मनबहादुर केसी (निशान), हेमन्तराज काफ्ले, प्रशान्त केसी, प्रविण गिरी, मनिष पाण्डे, राघव भट्टराई, पुजा वैश्य, बिनोद पाण्डे, बिस्णु ओली, दिपेश आचार्य र प्रेम विश्वकर्मा लगायत संक्रमित भएका छन् ।

संक्रमित भएका सबै होमआईसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन, भने पत्रकार प्रियास्मृति ढकाल र बिनोद गौतम कोरोना संक्रमण भएर पनि निको भइसकेका छन् । संक्रमित भएका सबै पत्रकार तथा सञ्चारकर्मीको युनियन बाँकेले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।