संक्रमितको नयाँ रेकर्ड- एकैदिन भेटिए ९०७० जना संक्रमित


संक्रमितको नयाँ रेकर्ड- एकैदिन भेटिए ९०७० जना संक्रमित

नेपालगन्ज २३ वैशाख : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० कोरोनाका नयाँ संक्रमित फेला परेकाछन् । एकै दिन थपिएको यो संख्या नेपालमा हालसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार १ सय ४२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये पीसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ३१४ जना संक्रमित क्वारेन्टिनमा छन् । गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।