नेपालगन्ज २३ वैशाख : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० कोरोनाका नयाँ संक्रमित फेला परेकाछन् । एकै दिन थपिएको यो संख्या नेपालमा हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार १ सय ४२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये पीसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ३१४ जना संक्रमित क्वारेन्टिनमा छन् । गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?