डुडुवा आइसोलेशन केन्द्रलाई सामाग्री सहयोग


डुडुवा आइसोलेशन केन्द्रलाई सामाग्री सहयोग

डुडुवा (बाँके) २३ वैशाख : डुडुवा गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका विरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान आज बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गरे ।

समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्डका विरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पुर्वतयारी कार्यक्रम अन्र्तगत संचालित आइसोलेशन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसमध्ये २ जना आइसोलेशनमा वार्डमा उपचार गराइरहनु भएको छ भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।

उनका अनुसार होम आइसोलेशनमा बस्ने विरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ, भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।